दैनिक बिहान उठेर गर्नुहोस् यी तीन काम, चम्किनेछ अनुहार


हरेक महिला सबैभन्दा सुन्दर देखिन चाहन्छन् । त्यसैले उनीहरु विभिन्न ‘ब्यूटी ह्याक्स’ हरु प्रयोग गरिरहेका हुन्छन् । कतिपयले धेरै क्यामिकलयुक्त सौन्दर्य साधनको पनि प्रयोग गरिरहेका हुन्छन्, र पनि मनले चाहेको जस्तो नतिजा निस्कँदैन ।

यदी तपाईं पनि बिना मेकअप प्राकृतिक तरिकाले सुन्दर देखिन चाहनुहुन्छ भने त्यस्ता तीन वटा केही उपाय गर्न सक्नुहुन्छ । जसलाई दैनिक रुपमा बिहान उठेर लगातार गर्नुहोस् ।

चिसो पानीले अनुहार धुने ः
चिसो पानीले अनुहार धुँदा रातभर छालामा जम्मा भएको तेल सफा हुन्छ । जसले गर्दा अनुहार दिनभरका लागि ताजा भइरहन्छ । यसका लागि बिहान उठ्ने बित्तिकै अनुहारलाई सबैभन्दा पहिला ताजा चिसो पानीले सफा गर्नुहोस् । तपाईंको इच्छा अनुसार माइल्ड खालको फेसवास वा क्लिजिंग मिल्कको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

मुल्तानी मिट्टी ः
बिहान नुहाउने समयमा अनुहारमा साबुन वा अन्य कुनै फेसवासको ठाउँमा मुल्तानी मिट्टीको प्रयोग गर्नुहोस् । यसले अनुहारमा भएका सबै फोहोर बाहिर निकाल्छ र अनुहार सुख्खा पनि हुँदैन ।
यसका लागि मुल्तानी मिट्टीलाई केहीबेर भिजाउनुहोस् र त्यसलाई अनुहारमा लगाउनुहोस् । तर छाला एकदमै सुख्खा छ भने, मुल्तानी मिट्टीसँग थोरै मह पनि मिसाउन सक्नुहुन्छ ।

ग्लीसीरिन लगाउने ः
ग्लीसीरिन पनि छालाका लागि एकदमै राम्रो हुन्छ । अनुहारमा यसलाई लगाउँदा डन्डीफोर, दागधब्बा आदि हट्छन् । केही दिन दैनिक रुपमा यसको प्रयोगले अनुहारमा निखार आउन थाल्छ । त्यसका लागि एउटा कचौरामा गुलाब जल र थोरै ग्लीसीरिन राखेर राम्रोसँग मिसाउनुहोस् । एउटा बोतल वा कुनै भाँडोमा राखेर फ्रिजमा राख्नुहोस् । यसलाई कपासको सहयोगले अनुहारमा लगाउनुहोस् ।

तर सबैभन्दा मुख्य कुरा भने खानपान नै हो, त्यसैले खानपानमा ध्यान दिनुपर्छ । सकेसम्म बिहानको समयमा तैलीय तथा धेरै मसला भएको खानेकुराहरु खानबाट बच्नुहोस् । बिहान खाली पेटमा सकेसम्म प्राकृतिक चीज तथा हल्का बिना तेल मसला भएका खानेकुराहरु खानुहोस् ।