तेजपातको प्रयोगले यी रोगबाट बचाउँछ

हाम्रो भान्सामा उपयोग गरिने तेजपातले खानाको स्वाद बढाउने मात्र नभई हाम्रो स्वास्थ्यलाई पनि फाइदा गर्छ ।
यसमा भिटामिन सी, ए, बी, ई, आइरन, क्याल्सियम, पोटेसियम लगायतका एन्टीअक्सिडेन्ट तत्वहरू भेटिन्छन् ।

तेजपातको प्रयोगका फाइदाहरु ः

तौल घटाउन
तपाईंलाई तौल घटाउनुछ भने तेजपातको चिया पिउन सक्नुहुन्छ । यसले तपाईंको शरीरको मेटाबोलिजम स्तर बढाएर शरीरबाट अतिरिक्त बोसो हटाउन सहायता गर्छ ।

मुटु जोगाउन
तेजपातमा भएको पोषक तत्वले तपाईंलाई रक्तचाप नियन्त्रणमा लिन सहयोग गर्छ । रक्तचाप नियन्त्रित रहेमा मुटुरोग लाग्न पाउँदैन ।

मधुमेह रोगीलाई लाभदायक
तेजपातको चिया पिउँदा शरीरमा इन्सुलिनको स्तर बढ्छ । यसले रगतमा ग्लुकोजको मात्रा घटाइदिन्छ र मधुमेहलाई नियन्त्रणमा राख्छ ।

संक्रमणबाट बचाउन
तेजपातमा भएको एन्टीफंगल गुणले शरीरमा कुनै पनि किसिमको संक्रमण हुन दिँदैन । यसमा भएको क्यान्डिडा एल्बीक्यान्सले जस्तोसुकै संक्रमणसँग पनि लड्नका लागि शरीरलाई सहायता गर्छ ।