तपाईको स्वास गन्हाउँछ ? अब यसो गर्नुस् ः


स्वास गन्हाउँदा व्यक्ति धैरै मान्छेहरुसामु घुलमिल हुन सक्दैन् । यस्तो समस्याले व्यक्तिको आत्मविश्वास पनि हराउँछ ।

सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन् । समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गनाउँछ । तर यहाँ बताइएका केही घरेलु उपचारले यो समस्याबाट मुक्ति दिन्छन् ।

१ ग्रीन टी
ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्वले दुर्गन्ध नाश गर्छ ।

२ पानी पिउँने
पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ ।

३ ल्वाङ र सूप
ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ ।

४ कागतीको रस
एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ ।

५ हरियो अलैंची
अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक नलाग्ने समस्या अन्त्य हुन्छ ।