पुर्बी सुर्खेतमा पनि बढ्न थाले आँखा पाक्ने रोगका बिरामी

सुर्खेत । छिमेकी मुलुक भारतसहित नेपालभर फैलिएको आँखा पाक्ने रोग पुर्बी सुर्खेको गुर्भाकोट नगरपालिकामा पनि बढ्दै गएको छ । पछिल्लो दुई हप्ता आँखा पाक्ने समस्या लिएर अस्पतालमा आउने विरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको सामुदायिक आखाँ उपचार केन्द्र तथा सर्जिकल सेन्टर मेहेलाकुनाका प्रमुख दिपेन्द्र साहानिले जानकारी दिनुभयो। उक्त आँखा अस्पतालमा दैनिक एक सय भन्दा बढी बिरामी हाल फैलिएको आखा पाक्ने संक्रमणका कारण आखाँमा समस्या लिएर अस्पताल आउने गरेको प्रमुख साहानिको भनाई छ ।

उहाँका अनुसार केही दिनयता पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकासहित आसपासका पालिका र जिल्लाहरुमा यो रोग तिब्र रुपमा फैलिएको छ। हरेक बर्ष साउन देखि असोज सम्म यो सिजनमा एडिना भाइरसका कारण भाइरल इन्फेक्सन भएर यो रोगको संक्रमण फैलिने गर्दछ । यो रोग विशेषगरी विद्यालयका शिक्षक, कर्मचारी,बालबालिका, शिक्षक, कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने व्यक्तिमा देखिए पनि अन्य सर्वसाधारण नागरिक पनि संक्रमित भइरहेका छन् । धेरै भीडभाड हुने ठाउँमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सँग सर्ने भएकाले भिडभाड बढी भएका स्थानमा यो समस्या तिब्र गतिमा फैलिएको बताइएको छ। उहाले भन्नु भयो अस्पतालमा यो संक्रमणका बिरामी आउन थालेको करिब २ हप्ता जति हुन लाग्यो, सुरु सुरुमा ६० देखि ७० जनाको उपचार गरेको मा पछिल्लो समय दैनिक एक सयको हाराहारीमा बिरामी आउने गरेको छन्।

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका सहित छिमेकी पालिका लेकबेशी,भेरिगंगा, बनगाड नगरपालिका तथा सिम्ता,कालिमाटी तथा जाजरकोट को शिवालय गाउपालिका बात समेत यो समयमा आखाको संक्रमण भएर बिरामी आउने गरेको प्रमुख साहानिको भनाई छ । वर्षायाममा यसको किटाणु सक्रिय हुने, ब्याक्टेरिया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारणहरु रहेको उहाको भनाई छ । चेतनास्तर बढेकाले संक्रमितहरूमा गम्भीर प्रकृतिकाे असर नदेखिएकाे बताउदै संक्रमित भएमा नआत्तिन र सरसफाइमा विशेष ध्यान दिएमा राेग विस्तारै आफै सन्चाे हुने भएकाले धेरै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाइ देखाउने उहाले आग्रह गर्नु भएको छ । संक्रमणका कारण आँखा रातो हुने बिझाउने, घाममा हेर्न अफ्ठ्यारो हुने लक्षण देखिने र सामान्य उपचार पछि यो संक्रमण बिस्तारै निको हुने डाक्टरहरु बताउँछन । यो भाइरल संक्रमणले आँखाको नानी नै असर पार्ने र दृष्टि गुम्न सक्ने खतरा भएकाले त्यस्तो लक्षण देखिने बित्तिकै अस्पतालमा आउन चिकित्सकले आग्रह गरेका छन् ।