नेपाल ढकाल समाज र सुर्खेत हस्पिटल विच सहुलियत उपचार सम्झौता

सुर्खेतको वीरेन्द्रनगर स्थित सुर्खेत हस्पिटल र नेपाल ढकाल समाज प्रतिष्ठानबिच सहुलियत उपचार सम्झौता भएको छ । हिजो सोमबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल ढकाल समाज प्रतिष्ठानका सदस्य र सदस्यको परिवारले सुर्खेत हस्पिटलमा उपचार गर्दा बिभिन्न उपचारमा १५% प्रतिशतसम्म छुट प्राप्त गर्ने गरी सम्झौता गरिएको हो ।

नेपाल ढकाल समाज केन्दिय अध्यक्ष टिकाराम ढकाल र सुर्खेत हस्पिटलका प्रबन्ध निर्देशक रवि सापकोटाबिच भएको आपसी सम्झदारी र छलफलबाट उक्त सम्झौता गरिएको हो ।

उक्त सम्झौता अनुसार नेपाल ढकाल समाज प्रतिष्ठानको सदस्यता लिएका सदस्य र सदस्यको परिवारले सुर्खेत हस्पिटलमा औषधि उपचारमा विषेश छुट प्राप्त गर्ने छन् । जनरल वार्डमा १०% प्रतिशत छुट प्राप्त गर्न सकिने छ । डिलक्स वार्डमा १५% प्रतिशत छुट प्रदान गरिने, ल्याब टेस्टमा १५% प्रतिशत छुट साथै अन्य सेवाहरूमा १० प्रतिशत छुट प्रदान गरिने छ । औषधिमा भनें ५% प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

उक्त सहुलियत प्राप्त गर्न प्रतिष्ठान का सदस्यहरूलाई परिचय कार्ड प्रदान गरिने छ । सोही कार्ड सुर्खेत हस्पिटलमा दर्ता गरेपछि उक्त सुविधाहरू प्राप्त गर्न सकिने छ ।