लम्की स्किल रोगलाई महामारी घोषणा गर्न किसान महासंघ दैलेखको आग्रह

सुर्खेत । अखिल नेपाल किसान महासंघ दैलेखले हाल नेपालभर फैलीरहेको पशुघातक लम्की स्किल रोगलाई महामारी घोषणा गर्न आग्रह गरेको छ । महासंघले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत ज्ञापनपत्र बुझाएको हो ।

अहिले उक्त पशुरोग महामारीको रुपमा फैलिएर ठुलोमात्रामा पशुधनको क्षति भएको बताउँदै यसलाई महामारी घोषणा गरी यस विरुद्व आवश्यक कदम चाल्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

साथै, ज्ञापनपत्रमा किसानहरूलाई राहतको व्यवस्था गरी यस महामारीबाट मृत्यु भएका पशुधनको बिमा रकम भुक्तानी गर्नसमेत आग्रह गरिएको छ ।

किसान महासंघ दैलेखका अध्यक्ष नरेंद्र बहादुर थापाले यस समस्याको गहनताबारे बताएका छन् । त्यसैसँगै, दैलेख जिल्ला भित्र का ११ पालिकामा यो रोगको संक्रमण हुँदा सम्म ७४,५०० पशुहरूको मृत्यु भई किसानमा गम्भिर समस्या उत्पन्न भईरहेको उल्लेख गरिएको छ ।

यस्तो, अवस्थामा सरकारले पशुहरूको खोपको व्यवस्था, किसानहरूको क्षतिपूर्ति राहतको व्यवस्था र मृत्यु भएका पशुहरूको विमा चुक्ता गर्नुपर्ने महासंघले अपेक्षा गरेको छ । त्यसैगरी, राष्ट्रिय स्तरको आयातमा भएको सामग्रीको अभावले तत्काल आवश्यक सामग्रीहरूको आयात गर्न सुविधा गर्न उनले सरकारलाई अनुरोध गरेका छन् ।

यस विषयलाई जिम्मेवार निकायले गम्भिरता पूर्वक नलिए अखिल नेपाल किसान महासंघले देशका अन्य सम्पूर्ण जिल्लाहरूमा पत्रकार सम्मेलन, ज्ञापन पत्र बुझाउने र आन्दोलन गर्ने तयारी गरेको छ ।