एसओएस र कर्णाली केयर हस्पिटलद्वारा ३५ बिद्यार्थीलाई स्वास्थ्य परिक्षण र स्टेशनरी सामान वितरण

सुर्खेतको बराहताल गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय आधारभुत बिधालय धमलाखालिमा अध्यानरत ३५ जना बिद्यार्थीलाई स्वास्थ्य परिक्षण र स्टेशनरी सामान बितरण गरिएको छ । एसओएस बालग्राम, वीरेन्द्रनगर स्थित कर्णाली केयर हस्पिटल र फ्युचर नेपालको सहयोगमा स्वास्थ्य परिक्षण र स्टेशनरी सामग्री वितरण गरिएको हो ।

एसओएस बालग्रामले स्टेशनरी ,कर्णाली केयर हस्पिटलले मेडिसिन प्राबिधिक जनशक्ति र फ्युचर नेपालले डाक्टर उपलब्ध गराएको किरण बस्नेतले लाइका खबरलाई जानकारी दिनुभएको छ ।

बालबालिकाको स्वास्थ्य परिक्षण वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर नबराज केसिले गर्नुभएको थियो ।