जिवनलाई स्वास्थ्य बनाउन जान्नै पर्ने १५ जिवन उपयोगी शुत्रहरू

जीवनलाई स्वस्थ्य बनाउन छ भने जीवनशैली स्वस्थ्य हुनैपर्छ। स्वस्थ्य जीवनशैलीका लागि स्वस्थ्य दिनचर्या अपरिहार्य छ। जीवनशैली स्वस्थ्य बनाउन चाहनेहरुका लागि निम्न लिखित स्वस्थ्य सुत्रहरु उपयोगी हुन सक्छन्।

१. राती चाँढो सुत्ने र बिहान व्रम्हमूर्हुतमा (घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडिदेखि घाम झुल्किँदा सम्मको समय) उठ्ने। उठ्ने वित्तिकै एक लिटर जति मन तातो पानी पिउने बानी बसालौं।

२. प्रतिदिन एक घण्टा नियमित व्यायम गर्ने गरौं।

३. खुला तथा ताजा हावा भएको ठाँउमा एक घण्टा टहल्ने गरौं।

४. ठोस भोजन दैनिक दुई छाक मात्र होस्। बेलुकीको भोजनमा अन्नको मात्रा कम होस्।

५. बिहान बेलुकी कम्तिमा २० मिनेट ध्यान, प्रार्थना, पूजा, जप जस्ता एकान्तवासको अभ्यास गरौं।

६. दैनिक तीन/चार लिटर पानी पिउने बानी बसालौं। पानीले शरीरका विशाक्त तत्वहरुलाई निकाल्न मद्दत गर्छ।

७. भोजन स्वादको लागि स्वस्थ्य रहनका लागि गरौं। स्वस्थ्यकर भोजन कम स्वदिष्ट हुन सक्छ तर स्वस्थ्य रक्षाको लागि भोजन स्वस्थ्यकर नै हुनुपर्छ।

८. खाना खाँदा पेटको आधा भाग अन्नले र एक चौथाइ भाग तरल पदार्थले भरियोस्। बाँकी एक चौथाइ वायु संचरणका लागि खाली छाड्दिउ।

९. शान्तिपूर्वक खुव चपाइ–चपाइ गर्ने गरौं। चपाएर टुक्रयाएको खानले पाचन संस्थानलाई अतिरित्त दबाब दिँदैन। फलत पेट तथा आन्द्रहारु मजवुद हुन्छ।

१० ज्यादा तातो वा चिसो पादार्थ खाने, चाँढो चाँढो खाने वा पिउने, समयमा भोजन नगर्ने वा भोकै नलागी भोजन गर्ने बानी अस्वस्थ्यकर हो।

११. सधैं शान्त र प्रशन्न रहने बानी बसालौं। डर, चिन्ता र उदासिनता जस्ता मानसिक दोषलाई प्रश्रय नदिऔं। तनावमा परेकाहरुले यसको व्यवस्थापन गरौं।

१२. हप्ताको एक पटक कमसेकम पुरै शरीरको मालिस गराउ। अभ्याङ्ग मालिस, थाइ मालिस, तेल मालिस, अकुप्रेसर जस्ता मालिस पद्धतीहरु अपनाउदा शरीरमा स्फूर्ति बढ्छ।

१३. स्टीम वाथ, साउना वाथ, ह्विर्लपुल वाथ (ज्याकुजी), जस्ता स्नान विधिले छालामा रहेका पसिनाग्रन्थीहरुको रोकावट खोली दिएर विजातिय द्रव्यहरुको निष्कासनमा सहयोग गर्छ। यि उपचारहरु पनि हप्ताको एक चोटी आवश्य गरौं।

१४. शरीर सोधनका यौगिक क्रियाहरु जस्तै, जलनेती, कुन्जल, एनिमा, शंखप्रक्क्ष्ाँलन, द्यौती जस्ता सोधन विधीहरु हप्तामा एक चोटी गरौं। यसले शरीरको आन्तरिक स्वच्छतालाई वनाइ राख्छ।

१५. परिवारवारका सदस्यहरुका साथ रहने गरौं। यसले एक्लोपन घटाउनुका साथै आत्मावल बढाउँछ।