
सुर्खेत | गुर्भाकोट नगरपालिकामा संचालनमा रहेको नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तीय सस्थाले नवौ बार्षिक उत्सबको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार कार्यालय प्राङ्गनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २० जनाले रकतादान गरेका थिए भने २० पोईन्ट रगत जम्मा भएको थियो ।
नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तीय सस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी,बिरेन्द्रनगर सुर्खेतको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदान गर्ने २० जनालाई फलफुल तथा प्रमाणपत्र वितरण गरिएको थियो। रक्तदान कार्यक्रम बिहान १० बजे सुरु भएर २ बजे सम्पन्न भएको थियो ।

रक्तदान कार्यक्रममा उपस्थित भएर रक्तदान गर्ने तथा प्राबिधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाईटी बिरेन्द्रनगर सुर्खेत प्रति शाखा प्रबन्धक एकानन्द न्यौपानेले धन्यबाद ज्ञापन गर्नु भएको थियो।