रामघाटमा निशुल्क आयुर्बेद स्वास्थ्य चिकित्सा शिबिर सम्पन्न

सुर्खेत | भेरिगंगा नगरपालिका आयुर्वेद शाखाको आयोजनामा भेरिगंगा नगरपालिका ११ रामघाट स्थित श्री शिखर माध्यमिक बिद्यालयको प्राङ्गणमा नि:शुल्क आयुर्वेद स्वास्थ्य चिकित्सा शिविर सम्पन्न भएको छ ।

निशुल्क आयुर्बेद स्वास्थ्य चिकित्सा शिबिरमा ६८ जना पुरुष र १८६ जना महिला गरि २५४ जनाले सेवा लिएका थिए भने ४१ जनाले सुगर जाच गराएको भेरिगंगा नगरपालिका मैनतडा आयुर्बेद औषधालयका कविराज निरीक्षक छबिलाल खड्काले जानकारी दिनु भयो । भेरिगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष जय बहादुर नेपालिको अध्यक्षता,भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख धनसरा बोहोराको बिशेष आतिथ्यतामा निशुल्क आयुर्बेद स्वास्थ्य चिकित्सा शिबिर सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष गणेश बहादुर भण्डारी,वडा सदस्य तथा वडा नम्बर ११ का वडा सदस्यहरु, प्राथामिक स्वास्थ्य केन्द्र सालाकोटका आयुर्बेद चिकित्सक डा सचिन शाही, समाजसेवी नरबहादुर थापा , बनगाड कुपिण्डे नगरपालिका आयुर्बेद शाखा प्रमुख कविराज निरीक्षक हेमन्त चन्द,वडा नम्बर १३ का आधारभूत स्वास्थ्य केन्द्र प्रमुख मानसिंह नेपालि,बिद्यालयका प्रधानाध्यापक शिक्षक शिक्षिका,स्वयम्सेविका,तथा स्थानीयको उपस्थिति रहेको थियो। उक्त शिविरमा आयुर्बेद चिकित्सक डा सचिन शाही र हेमन्त चन्द लगाएतले बिरामी जाच गर्नु भएको थियो। शिविरमा बिरामीको सहजताको लागी बिरामी जाँच,औषधि वितरण तथा नाम दर्ताको लागी छुट्टाछुट्टै स्थानको ब्यबस्था गरिएको थियो।