जिल्ला प्रहरी कार्यालय सुर्खेतको सवारी चालक तथा स-चालक चेकजाँच शिविर (फोटो फिचर)

सुर्खेत । आज शनिवार वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतले सवारी चालक तथा स-चालक चेकजाँच शिविर संचालन गरेको छ । आज शनिवार सिटी बसपार्क, वीरेन्द्रनगर, सुर्खेतमा जिल्ला ट्राफिक कार्यालय सुर्खेतसँगको समन्वय, वीरेन्द्रनगर नगरपालिकासँको सहकार्य, वीरेन्द्रनगर-११ स्थित प्रशंसा हस्पिटल प्रा.ली.को सहयोगमा जिल्ला प्रहरी कार्यालयले उक्त स्वास्थ्य चेक-जाँच शिविर आयोजना गरेको हो ।

आज शनिवार संचालन गरिएको शिविरबाट ५७ जनाको स्वास्थ्य चेकजाँच र उनिहरूलाई औषधि वितरण गरिएको छ । हुन सक्ने सवारी दुर्घटना/जोखिम न्युनीकरण गर्ने उद्देश्ययले संचालन गरेको शिविर प्रभाकारी हुने अनुमान गरिएपछि सवारी चालक तथा स-चालक चेकजाँच शिविर कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने सुर्खेत जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक मिलन पाण्डेले बताएका छ्न् ।

तस्वीरमा हेर्नुहोस् :