कर्णालीमा शिशु मृत्युदर ६.४ प्रतिशत


सुर्खेत-राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत रहेको देखिएको छ। राष्ट्रिय तथ्यांक विभागका अनुसार हालसम्म ६.४ प्रतिशत अर्थात् ५४ हजार ५४८ मृत शिशु जन्मिएको तथ्यांङ्ग्कले देखाएको छ।

कर्णाली प्रदेशमा ३ लाख ५२ हजार ९८३ विवाहित महिलाले ८ लाख ५२ हजार ३२२ बच्चा जन्माएका छन् । मृत्यु हुनेमा बालिकाभन्दा धेरै बालक छन् ।

आर्थिक वर्ष २०७७/७८ मा मात्रै २१८ शिशुको मृत्यु भएको र पछिल्लो ३ वर्षमा पाँच वर्षमुनिका ५८६ बालबालिकाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

गत वर्षसम्म ८ लाख ५२ हजार ३५२ बच्चा जन्मिएकामा ५२.२ प्रतिशत अर्थात् ४ लाख ४४ हजार ९१२ छोराको जन्म भएको थियो भनें पछिल्लो समय राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार कर्णाली प्रदेशमा ४७.९ प्रतिशत अर्थात् ४ लाख ८ हजार २६३ छोरीको जन्म भएको छ ।

सरोकारवालाका अनुसार यहाँका महिला अझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर घट्न सकेको छैन्।