
वैशाख १४, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ७ का अध्यक्षले आफ्नो वडालाई अवश्यक नै नभएका स्वास्थ्य सामाग्री दिएको भन्दै आपत्ति जनाएका छ्न् । बराहताल गाउँपालिकाले वडा नं. ७ को स्वास्थ्य शाखामा ५ वटा स्टेचर दिएको भन्दै वडा अध्यक्ष कुल बहादुर बुचाले आपत्ति जनाएका हुन् ।

हिजो बुधवार पालिका उपाध्यक्ष लक्ष्मी पुन मगर, योजना प्रमुखलगायतको टोलीले वडा नं. ७ अन्तर्गतको पोखरीकाँडा स्वास्थ्य चौकीमा स्टेचर वितरण गरेका थिए ।
तर, वडा अध्यक्ष बुचाले भनेंं उपाध्यक्ष लक्ष्मि पुन मगरले सस्तो लोक प्रियताका लागि आफ्नो वडामा जरुरतनै नभएका सामाग्री वितारण गरी बजेटको समेत दुरूपयोग गरेको आरोप लगाएका छ्न् ।

वडा अध्यक्षले भनेका छ्न्, “आफ्नो वडाका स्वयम् सेविका, स्वास्थ्य शाखा र विद्यालयहरूमा पर्याप्त मात्रामा स्टेचर छदैँ छन् । यसरी आवश्यक्तानै नभएका सामाग्री किन दिएको होला ? त्यो पनि वडा अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखलाई खबर नै नगरी । सस्तो लोकप्रियताका लागि कस्तो नाटक गरेका ! बरू पशु स्वास्थ्य इकाईमा औषधिको अभाव छ । वडामा भएका आमा समूहहरू लाई स्टेचरको आवश्यकता छ, त्यहा दिनु । महिला स्वयम् सेविकाहरूलाई मोबाईल फोन आवश्यक छ त्यो दिनु ।” कम्तिमा आवश्यकताका आधारमा सामाग्री वितरण गर्नुपर्ने उनको भनाई छ ।
उपाध्यक्ष लक्ष्मि पुन मगरले भनें पालिकाले बराँहातल गाउँपालिका का १० वटै वडामा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत वडा नं. ७ मा पनि स्टेचर सामाग्री वितरण गरेको बताईन् । साथै, उनले आफु स्टेचर वितरण गर्ने गरी भन्दा पनि वडाको अनुगमन उद्देश्यले गएको बताईन् । बरू अनुगमनका क्रममा वडामा पुग्दा वडा अध्यक्ष कुल बहादुर बुचा वडामा नभेटिएको र कर्मचारी हाजिरी नलगाउने गरेको उनको आरोप छ ।
वडा अध्यक्षले भनें आफ्नो अघिल्लो कार्यकालमै वडामा आवश्यक २१ वटा जत्ति स्टेचर वितरण गरिसकेको बताएका छ्न् ।