नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको अध्यक्षमा छबिलाल खड्का

चैत २७, सुर्खेत | सुर्खेत नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिबेशन बाट सम्पन्न भएको छ ।

छविलाल खड्काको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा लक्ष्मी प्रसाद पाण्डे र अजय के.सी (गैर सरकारी), सचिवमा पुष्पा आचार्य, कोषाध्यक्ष कुमारी शान्ती घिमिरे चयन भएका छन्। त्यस्तै सदस्यहरुमा राजाराम बडुवाल (मुगु) दिपेन्द्र कुमार उपाध्याय (डोल्पा), डम्वर नारायण मण्डल (जाजरकोट) , खड्क वि.क (सल्यान ), खुमा कुमारी के.सी (दैलेख) , दिपेन्द्र वटला रुकुम पश्चिम) , ताराप्रसाद गिरी (कालिकोट) , विन्दु कुमारी थापा (सुर्खेत) , नगेन्द्र ब. खत्री (गैर सरकारी), र तुलसी वयक( गैर सरकारी) चयन भएका छन्। प्रदेश अध्यक्ष दिपेन्द्र कडेलको अध्यक्षतामा सम्पन्न भएको अधिवेशन सम्पन्न भएको थियो।

सामाजिक विकास मत्रालय सचिव सन्त बहादुर सुनार, स्वास्थ्य महाशाखा प्रमुख वृष वहादुर शाहि साथै प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख डा. शंकर प्रसाद रिजाल लगायत अतिथिहरुको सहभागिता रहेको थियो ।