मुगुको गमगढीमा सम्पन्न निशुल्क आँखा शिविरबाट ५४१ जना लाभान्वित

चैत १७, सुर्खेत, | मुगुमा सम्पन्न निशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरमा ५४१ जनाले सेवा लिएका छन् । जिल्ला आँखा उपचार केन्द्र गमगढी मुगुमा चैत १५ गते देखि संचालन भएको निशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर १७ गते सम्पन्न भएको हो ।

शिविरमा सेवा लिएका मध्ये ६५ जना जनाको मोतियाबिन्दुको निशुल्क अप्रेश गरिएको र बाँकिलाई निशुल्क औषधि तथा चस्मा वितरण गरिएको गमगढी मुगुबाट दिपेन्द्र साहनीले जानकारी दिनु भयो । स्थानिय आयोजक नेपाल नेत्र ज्योति संघ आँखा अस्पताल मुगु ,नेपाल नेत्र ज्योति संघ एकीकृत आखा तथा कान स्वास्थ कार्यक्रम कर्णाली प्रदेशको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल पोखराको आयोजक तथा प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

गाँउघरमै निशुल्क मोतियाबिन्दुको अप्रेशन शिविर सन्चाल भई सेवा लिन पाएकोमा गमगढीवासी खुसि भएका छन् ।