
दशै तिहार नजिकिए सँगै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले सडक अनुगमनलाई तिब्र पारेका छन् । मन्त्री जिसीले भने बर्षा सकिन लाग्यो र चाडपर्व नजिकै आईरहेको छ । यो अवसरमा धेरै सर्वसाधारणको आवत जावत बढने गर्छ । भारत तिर गएकाहरु नेपाल फर्किन्छन, जागिरमा भएकाहरु बिदामा आउछन र जान्छन पनी । यो समयमा सडकको अवस्था राम्रो बनाउन सकिएन भने धेरै सर्वसाधारणले दुःख पाउछन । त्यसैले पनी म धेरै सडकहरुमा आफै पुगेर त्यसको अनुगमन गर्ने गरेको छु । बिग्रिएको ठाउमा कसरी राम्रो बनाउन सकिन्छ भनेर उपाय समेत खोज्ने गरेको छु ।


सडक अबलोकलका क्रममा उनि । धरमपोखरा-पातिकाल्ना-ठाटिबजार सडकमा देखिएका थिए । आ.व. २०८०/०८१ को सडक पुर्वाधार कार्यक्रम अन्र्तगतको उक्त सडकको अवलोकनमा पुर्वाधार बिकास निर्देशनालय सुर्खेतका सब-इन्जिनियर लोक सिंह भण्डारी समेत पुगेका थिए । बाटोको अवस्था ठिक नभएको भन्दै मन्त्री जिसीले छिटो भन्दा छिटो यो बाटोको स्तरोन्नतिको लागि टेन्डर प्रक्रियामा जान र काम अगाडि बढाउन भन्डारीलाई निर्देशन दिएका थिए ।
