उपभोक्ता समिति गठन गरि सम्झौताको प्रक्रिया अघि बढाउन गुर्भाकोट नगरपालिकाको अनुरोध

दिलिप ढकाल सुर्खेत भदौ ७

गुर्भाकोट नगरपालिकाले एक सुचना जारि गर्दै आर्थिक बर्ष २०८०/८१ मा १४ वटै वडामा संचालन हुने मेसिनरी औजारको प्रयोग गरि निर्माण हुने ठुला योजनाहरु बाहेक अन्य योजना संचालन गर्नको लागी उपभोक्ता समिति गठन गरि सम्झौताको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। नगरपालिकाले असोज ७ गते एक सुचना जारि गर्दै १४ वडा लाई यस्तो अनुरोध गरेको हो। प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर खर्त्री द्वारा हस्ताक्षरित सुचनामा यस नगरपालिकाबाट आर्थिक बर्ष २०८०/८१ मा संचालन हुने योजनाहरु मध्य ठुला मेसिनरी औजार प्रयोग गरि संचालन गरिने सडक निर्माण,सडक मर्मत सम्भार,सडक ग्राभेल र फिल्ड निर्माण बाहेकका योजनाहरु संचालन गर्न उपभोक्ता समिति गठन गरि सम्झौता प्रक्रिया अगाडी बढाउनु हुन् जानकारीको लागि अनुरोध गरिएको छ।