सुर्खेतमा प्रहरीद्धारा अबैध घरेलु मदिरा नष्ट

सुर्खेतमा प्रहरीले भेरीपुलमा बरामद भएको अबैध घरेलु मदिरा नष्ट गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत प्रवेश गर्ने मुख्य नाका भेरी पुल आसपासमा रहेका बिभिन्न होटेलमा प्रहरीले छापा मारेको छ ।


मदिराका कारण बिभिन्न समस्या देखिएपछी र स्थानियको गुनासो आएपछी उक्त एरियामा छापा मारेको प्रहरीले जनाएको छ ।
दिउँसो करिब ४ बजे सुब्बाकुना बाट खटेको टोलिले मदिरा बरामद गरेर नष्ट गरेको हो ।

सुब्बाकुना प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक पदम बलाएरको कमाण्डमा खटिएको ६ जनाको टोलिले करिब ८५ लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरेकोे हो । प्रहरी टोलीले बरामद गरेको मदिरा खाल्डोमा पुरेर नष्ट गरेका छन् ।