
दैलेखको गुराँस गाउँपालिकाले दनिक ज्यालादारी कामदार नलगाउने भएको छ ।

साउन १ गतेबाट गाउँपालिका, वडा कार्यालय र पालिका अन्तर्गतका कुनैपनि कार्यालयमा दैनिक ज्यालादारी कामकाजमा नलगाउने भएको हो ।
गाउँपालिकाले भर्खरै सम्पन्न गरेको १२औं गाउँसभाबाट अनावश्यक खर्च कटौती गर्ने नीति तथा कार्यक्रम पारित गरेको थियो ।
