गुर्भाकोटमा ०८०/८१ को नीति तथा कार्यक्रम एवंम बजेट निर्माण सम्बन्धि सुझाव सङ्कलन

सुर्खेत | सुर्खेतको गुर्भाकोट नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवं, बार्षिक बजेटका लागी जनस्तरबाट सुझाब संकलन गरेको छ।

बुधबार राजनैतिक दल,नागरिक समाज,बिद्यालयका प्रधानाध्यापक, शिक्षक महासघंका प्रतिनिधि,सामुदायिक बनका प्रतिनिधि,बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधि,बित्तिय सस्थाका प्रतिनिधि तथा नगरपालिकाको विभिन्न शाखाका शाखा प्रमुख, वडाका वडा अध्यक्षहरुको उपस्थितिमा सुझाब संकलन गरिएको छ ।

कार्यक्रममा प्रशासन प्रमुख चित्र ढकालले७९/८० मा आर्थिक बर्षमा निर्माण सम्बन्धि ३०८ वटा सम्झौता भएकोमा २३९ वटा सम्झौता को काम सकिएर भुक्तानी भएको तथा ७९ वटा आयोजनाको काम चलिरहेको र भुक्तानी हुन बाँकी रहेको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा सुझाब राख्ने अधिकांसले नगरपालिकाले वडा स्तरबाट आएका सल्लाह सुझाब र प्रतिक्रियालाई आत्मसाथ गर्दै नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति,कार्यक्रम,एवंम बार्षिक बजेट तयार पार्न सुझाब दिएका थिए ।कार्यक्रममा विद्यालयको तर्फ बाट माबि बडाखोलीका प्रधानाध्यापक दाल बहादुर खत्रीले बिद्यालयमा एक बिद्यालयमा एक नर्श कार्यक्रम लागु गरि मासिक एक पटक सबै विद्यार्थीको स्वास्थ्य परिक्षण गर्न सुझाब दिनु भएको थियो।साथै उहाले गुणस्तरीय शिक्षाको लागी उत्कृष्ट बिद्यार्थी एवंम शिक्षक प्रोत्साहन कार्यक्रम ल्याउन र बिद्यार्थीको लागी हरेको शुक्रबार मोटीभेसन कक्षा संचलान गर्नको लागी सुझाब दिनु भएको थियो।त्यस्तै बिद्यालय ब्यबस्थापन समितिको तर्फबाट जनसेवा माबि साहारे का बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष किरण वलीले अधिकांस बिद्यालयमा विद्यार्थीको तुलनामा शिक्षाको अभाब,खानेपानी भौतिक पूर्वाधार,खेलमैदान तथा शौचालयको अभाब भएको भन्दै आगामी नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रको यस्ता समस्यालाई सुधार गरेर अगि बढ्न सुझाब दिनु भएको थियो।त्यस्तै सामुदायिक बन जिल्ला समिति सुर्खेतका सदस्य चन्द्र प्रकाश रोकायले नगरपालिकामा दर्ता भएका ४५ वटा सामुदायिक बन मध्ये आधा जसो सामुदायिक बन नबिकरण नै नभएको तथा सन्चालक समितिको कार्यकाल सकियपछी पुन अधिबेशन नगरी अलपत्र पारेको हुदा नगरपालिकामा सामुदायिक बन सम्बन्धि आबश्यक नीति नियम बनायर कार्यन्वयनमा लैजान समेत सुझाब दिनु भएको थियो। साथै उहाँले सामुदायिक बनमा आगलागी हुदा कतिपय बनका अध्यक्ष लाई थाहै नहुने र सामुदायिक बनलाई घास दाउरा काट्ने थलोको रुपमा मात्र प्रयोग गर्ने प्रवृति मौलाउदै गएको भन्दै नीति नियम बनाएर कार्यन्वयनमा ल्याउन समेत माग गर्नु भएको थियो।यस्तै कार्यक्रममा सल्लाह सुझाब दिदै बक्ताहरुले नगरमा अनुमति नै नलिई बिभिन्न सहकारी तथा लघुवित्त संचालनमा आएको र पहिला फकाई फुलाई सदस्य बनाउने र पछि ऋण लगानी गर्दा बिभिन्न शुल्क काट्दै मनोमानी रुपमा मासिक सावा तथा ब्याज उठाउने गरेको भन्दै नगरपालिकाले नियमन गर्नु पर्नेमा जोड दिएका थिए।

यस्तै सहभागीले नगरपालिका भित्र कृषि कर्म गरिरहेका तथा गर्न चाहाने लाई आर्हिक सहायता तथा कृषिमा उल्लेखीय लगानी गरि रोजगारी श्रीजना गर्न समेत पालिकाको ध्यानाकर्षण गराएका थिए। कार्यक्रमको समापन गर्दै गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुनले नीति कार्यक्रम एवम बार्षिक बजेट बिनियोजन कार्यक्रममा सहभागी भएर आफ्नो महत्वपुर्ण सल्हाह तथा सुझाव दिने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै सल्लाह सुझाब लाई मध्यनजर गर्दै आगामी बर्षको नीति तथा कार्यक्रम एवम बजेट निर्मान गर्ने र विशेष गरि कृषी क्षेत्रलाई प्राथामिकताम राख्ने बताउनु भएको थियो । कार्यक्रम गुर्भाकोट नगरपालिका नगरप्रमुख हस्त पुनको सभापतित्वमा सम्पन्न भएको थियो।