कर्णालीका विभिन्न जिल्लाहरूमा “विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार जागरुकता दिवसको’’ अवसरमा कार्यक्रम

सुर्खेत | कर्णाली प्रदेश प्रहरीले कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मिति २०८०।०२।३२ गते जिल्ला प्रहरी कार्यालय कालिकोट, डोल्पा, जुम्ला र सुर्खेतका विभिन्न स्थानहरुमा “विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार जागरुकता दिवसको’’ अवसरमा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानिय मानिसहरू, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, व्यापारी, समाजसेवी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिती रहेको थियो । मिति २०८०।०२।३२ गते ई.प्र.का. स्युना कालिकोटको आयोजनामा जिल्ला कालिकोट रास्कोट न.पा. वडा नं. ०५ , ई.प्र.का. थिर्पु कालिकोटको आयोजनामा जिल्ला कालिकोट पलाता गा.पा. वडा नं. ०२ स्थित वडा कार्यालयमा, ई.प्र.का.कुमालगाँउ कालिकोटको आयोजनामा जिल्ला कालिकोट नरहरीनाथ गा.पा. वडा नं. ०२ मा ज्येष्ठ नागरिक सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा ज्येष्ठ नागरिक सम्बन्धी सचेतनामुलक कार्यक्रम छ ।

डोल्पा जिल्ला ठुलिभेरी नगरपालिका वडा न.०९ डाँगिवाँडामा, ठुलिभेरी नगरपालिका वडा न.०३ दुनै बजारमा र जुम्ला जिल्ला चन्दननाथ नगरपालिका नगरपालिका वडा न. ४ /५ मा र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त आयोजना नगर प्रमुख श्री राजु सिंह कठायत ज्यु को प्रमुख आथित्यतामा विभिन्न संघ संस्थाको सहयोगमा स्थानिय जनप्रतिनिधी,बुद्धिजिवी,बृद्ध,बृद्ध र सर्व-साधारणको उपस्थितिमा ‘‘विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार जागरुकता दिवस’’सम्बन्धि चन्दननाथ खलङ्गा बजारमा ब्यानर,प्लेकार्ड र सन्देशमुलक माईकिङ सहितको र्‍याली कार्यक्रम पश्चात चन्दननाथ नगरपालिकाको सभाहलमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएकोत्यसैगरी सुर्खेत जिल्लामा ईलाका प्रहरी कार्यालय लेकवेशी सुर्खेतको मातहत अ.प्र.पोष्ट नेटाले लेकवेशि नगरपालिका ५ नेटामा र जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगर नगरपालिका वडा नं.८,११ र १२ स्थित तिनकुने चोक,यरपोर्ट,कालिङ्चोकहरुमा ठुला साना सवारी साधनहरु,पैदल यात्री,र अन्य सर्वसाधारणहरुलाई “विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार जागरुकता दिवसको’’ अवसरमा ज्येष्ठ नागरिक दुर्व्यवहार सम्बन्धी पर्चा वितरण कार्यक्रम भएको थियो । यस्ता किसिमका सचेतना कार्यक्रमहरू ज्येष्ठ नागरिक विरुद्ध हुने, हिंसा, भेदभाव, असहयोगको विरुद्ध भएको हो ।

स्थानिय मानिसहरुले जसबाट ज्येष्ठ नागरिक सेवा भेदभावपूर्ण व्यवहार कम हुने कुरा बताएका छन् ।