
सुर्खेत | सुर्खेतको गुर्भाकोट नगरपालिकामा रास्ट्रीय भुमि आयोग जिल्ला समिति सुर्खेत द्वारा तयार पारिएका दोस्रो चरणको जग्गा धनि पुर्जा वितरण गरिएको छ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि २०३६ सालमा नापनक्सा भएका तर जग्गाधनी पुर्जा प्राप्त नगरेका १ सय ६७ जानलाई पुर्जा वितरण गरिएको गुर्भाकोट–८ का वडाध्यक्ष किरण कुमार वि.कले बताउनु भयो। दोस्रो चरणमा १६७ जनालाई जग्गा धनि पुर्जा वितरण गरिएको वडा अध्यक्ष किरण कुमार बिकले जानकारी दिनु भयो । यस अघि पहिलो चरणमा गुर्भाकोट नगरपालिका वडा नम्बर ८ भित्रका १४८ जनालाई जग्गा धनि पुर्जा वितरण गरिएको थियो। दुई पटक गरि ३१५ वारा पुर्जा बितरण गरिएको र अब तेस्रो चरणमा असार भित्र जग्गाधनी पुर्जा वितरण गरिने छ ।
जग्गाधनी पुर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले आफ्नो कार्यकाल ३ वर्षको तर जनताको हातहातमा पुर्जा पुर्याउन सकियो भने र तपाई जस्तै पुर्जा बिहिनको आवाज गुलन्ध भई सरकारले विश्वास गरेको अबस्थामा भने २ वर्ष थप गर्न सकिने व्यवस्था अनुरुप गुर्भाकोट लगायत सुर्खेत जिल्लाका सबै क्षेत्रहरुका नागरिकलाई ५ वर्ष भित्र जग्गा धनि प्रमाण पुर्जा वितरण गरिने बताउनु भयो। पुर्जा वितरण कार्यक्रमका सभाध्यक्ष गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले जग्गाधनी पुर्जा प्राप्त गर्ने जग्गा धनीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिंमा पनि रास्ट्रीय भुमि आयोग सुर्खेतको समन्वयमा यस कार्यलाई थप छिटो छरितो गरि आफ्नो ५ वर्षा भित्रमा गुर्भाकोट नगरका सबै जनतालाई जग्गा धनि बनाउन कोसिस गर्ने बताउनु भएको थियो ।




यस्तै पुर्जा बितरण कार्यक्रममा बोल्दै ८ नम्बर वडाका वडा अध्यक्ष किरण कुमार बिकले भुमि सेवा केन्द्र गुर्भाकोटले निकै मेहेनत गरि ८ नम्बर वडामा विभन्न समयमा काम गर्दै जादा अपुरो प्रकृतिका भएका,बिभिन्न कार्यदलले कम गर्दै अपुरो छोडेका,आयोग तथा समितिले अपुरो छोडेका जग्गा हरुलाई पूर्ण जग्गा धनि तथा स्वामित्व प्रदान गर्ने उदेश्यले गत बर्ष भदौ ६ गते नापी कार्यको सुरुवात गरि ८ नम्बर वडाका भुमि सम्बन्धि समस्या निराकरण गर्नको यहा सम्म साथ सहयोग गर्ने सबैलाई धन्यबाद दिदै बाकि पुर्जा वितरणको तयारि तथा बितरणमा समते सहयोगको अपेक्षा गर्नु भएको थियो। साथै उहाले यस अघि वितरण गरेका १४८ पुर्जा लाई नापी तथा मालपोत कार्यालय मेहेलाकुनालको सहयोगमा जग्गाको श्रेस्ता कायम गर्ने ,पासका कामहरु ,रजिस्ट्रेशनका कुराहरु मालपोतमा हुने सम्पूर्ण कामहरु मालपोत तथा नापी कार्यालय बाट सुरु भैसकेको जानकारी दिनु भयो।साथै उहाले बाकि रहेका पुर्जा पनि अब छिट्टै वितरण गरिने हुदा र पुर्जा तयार गरि वितरण सम्मको सहयोग गर्ने सबलाई बिशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो।
कार्यक्रममा नगरप्रमुख हस्त पुन उपप्रमुख मैना बिक विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न राजनिती दलका प्रतिनिधि र स्थनियको उपस्थिती रहेको थियो । कार्यक्रम सन्चालन प्रशासन प्रमुख चित्र ढकालले गर्नु भएको थियो ।