A2J परियोजनाको प्रदेश स्तरीय सरोकारवाला सँग परिचयात्मक कार्यक्रम सम्पन्न

जेठ २५, दैलेख । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, यूएनडिपी र (A2J) को साझेदारीमा संचालित “महिला र सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्वि” परियोजनाको प्रदेश स्तरीय सरोकारवासँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । महिला सशक्तिकरण मन्च नेपाल र पाचँतारा युवा संरक्षक मन्चको आयोजनामा परियोजनाको प्रदेश स्तरीय सरोकारवासँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।

परिचयात्मक कार्यक्रम दैलेखको गुराँस गाउँपालिकामा आयोजना गरिएको थियो । कार्याक्रमको प्रमुख अतिथिमा मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालय कानूनी सचिव शकर बहादुर के.सि. अतिथिमा साेहप कार्यालयकाे उप-सचिव वीरेन्द्र के.सि., आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निधिराज न्पाैपाने र A2J काे आउटरिच अफिसर ईमान सुनारको उपस्थिति रहेको थियो भनें कार्यक्रमको सभाध्यक्षमा आयोजक संस्था महिला सशक्तिकरण मन्च नेपालकी अध्यक्ष सुनिता चन्दले गर्नुभएको थियो ।

कार्यक्रममा परियोजना कार्यान्वयन साझेदार संस्था महिला शसक्तिकरण मञ्च नेपाल, दैलेख, पाचँतारा युवा संरक्षक मन्च, जाजरकोट र मध्यपश्चिम विश्वविद्यालय; स्कुल अफ ‘ल” र अन्य सरोकारवाला निकायका प्रतिनीधिहरूको उपस्थित थिए ।

उपस्थितहरूको परिचयात्मक कार्यक्रम गर्दै कार्यक्रम सुरू गरिएको थियो । त्यसपछि लगतै परियोजना साझेदार संस्थाहरूले आफ्नो संस्थागत परिचयसहित “महिला र सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्वि परियोजना” लागु गर्ने क्षेत्र, कार्यविधि, एजेण्डाहरू प्रस्तुतीकरण गरेका थिए ।

कार्यविधि, एजेण्डाहरू प्रस्तुथ गरिसकेपछि सरोकारवालाबिच छलफल, सल्लाह सुझाबहरू संकलन गरिएका थिए । प्रमुख अतिथि मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालय कानूनी सचिव शकर बहादुर के.सि.ले उक्त परियोजना दोस्रो फेजमा सुरू भएको हुदाँ पुरानै तरिकाहरू नयाँ परियोजनामा ओभरल्याप नगर्न र कानून सम्बन्धित परियोजा भएको हुँदा कानून संगत भएर काम गर्न सुझाव दिएका थिए ।

उक्त परियोजना दैलेख, कालिकाेट, सुर्खेत, जाजरकाेट र रुकुमको गरी 8 वटा पालिकामा लागु भएको छ ।

प्रदेश स्तरीय सरोकारवासँग परिचयात्मक कार्यक्रम महिला सशक्तिकरण मन्च नेपालकी कार्यकारी निर्देशक लक्ष्मि जिसीले गर्नुभएको थियो ।