लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम संचालन

सुर्खेतको वीरेन्द्रनगरमा दुई दिने लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ को हलमा संचालन भएको कार्यक्रम चैत्र २४ र २५ गते संचालन हुने आयोजकले जानकारी दिएको छ ।

सुर्खेत अपांग समाजले आयोजना गरेको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाले समन्वय गरेको छ । समाजमा भैरहेको लैङ्गिक बिभेदलाई कम गर्न र सबै क्षेत्रमा सबै नागरिकको उत्तीकै अधिकार स्थापित गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको सुर्खेत अपाँग समाजले जनाएको छ ।