सन्दीप लामिछानेको मुद्दा केशव घिमिरेको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । फैसलाको पेशीका लागि इजलास तोक्ने क्रममा घिमिरेको इजलासमा परेको हो । काठमाडौं जिल्ला अदालतमा हुने बहस न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा हुनेछ ।

यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसंगै संदिप कारागार चलान भएका थिए । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्ट्याइदिएर उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

यस अघी चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएको भएपनी सन्दीप पक्षको वकिलले निवेदन दिएर स्थगित गरेका थिए । त्यसदिन थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो ।