
चैत्र ३, सुर्खेत | रास्ट्रीय भुमि आयोग सेवा केन्द्र गुर्भाकोट र गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयको समन्वयमा पुर्जा वितरण हुन लागेको हो। रास्ट्रीय भुमि आयोगले वडा नम्बर ८ मा सुरु गरेको काम अन्तरगत १४८ वटा पुर्जा पहिलो चरणमा तयारी भैसकेको,र लगत्तै दोस्रो चरणको सुरुवाती हुने र तेस्रो चरणमा काम सम्पन्न हुने गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण बिकले जानकारी दिनु भयो। दोस्रो चरणमा १६०-१७० जना लाई लालपुर्जा वितरण गरिने र र तेस्रो चरण गरि ५४९ वडा पुर्जा वितरण गरिने अध्यक्ष बिकले जानकारी दिनु भयो। सबै २०३६ सालमा नापी नक्सा भएका फिल्डबुक भएका तथा नक्सा भएका जग्गाहरुको काम अगाडी बढेको बताइएको छ। जनतालाई जग्गा धनि बनाउनको लागि वडा कार्यालय ,नगरपालिका तथा रास्ट्रीय भुमि आयोग सेवा केन्द्र गुर्भाकोट को हर प्रयासमा काम सम्पना हुन लागेको हो। बिस्तारै सबै लाई जग्गा धनि बनाईने भन्दै नआत्तिन र धैर्यता गर्न पनि आग्रह गरिएको छ।
