
अहिलेकाे समयका बच्चाहरूकाे स्मार्टफोनमा घण्टौ समय बिताउने क्रम बढेको छ ।

यसबाट बच्न चीनको साइबर स्पेस नियामकले १८ वर्ष मुनिका बच्चाहरूलाई स्मार्टफोनमा खर्च गर्न दिनको अधिकतम दुई घण्टाको सीमा तोक्ने भएको छ ।
साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले स्मार्ट उपकरण निर्माताहरूले १८ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई राति १० बजेदेखि बिहान ६ बजेको बीचमा मोबाइल उपकरणहरूमा इन्टरनेट पहुँच गर्नबाट रोक्न सक्ने माइनर मोड कार्यक्रम प्रस्तुत गर्न खाेजेकाे बताएको छ ।

यससँगै यी कम्पनीहरूले समय सीमा पनि तोक्नुपर्नेछ । चीनमा १६ देखि १८ वर्षका प्रयोगकर्ताहरूले मोबाइल फोन दिनमा दुई घण्टा, आठ देखि १६ वर्षका प्रयोगकर्ताहरूले एक घण्टा र आठ वर्ष मुनिका बालबालिकाले आठ मिनेट मात्रै माेबाइल चलाउने अनुमति पाउने छन् ।
सीएसीको यो निर्णयका कारण चिनियाँ प्राविधिक कम्पनीको सेयरमा भारी गिरावट आएको छ । सामाजिक सञ्जाल एप वि च्याट सञ्चालन गर्ने टेन्सेन्ट होल्डिङ्सको शेयर २.९९ प्रतिशतले घटेको छ । यसबाहेक बिलिबिली र कुआइसुको सेयर क्रमशः ६.९८ र ३.५३ प्रतिशतले घटेको छ ।
कानून फर्म शाङ्घाई शेनलुनका वकिल सिया हेलोङले नयाँ नियमहरू इन्टरनेट कम्पनीहरूको लागि टाउको दुखाइ हुने बताएका छन् । अधिकारीहरू विगत केही वर्षहरूमा चिनियाँ युवाहरूमा मायोपिया र इन्टरनेट लतको वृद्धिको बारेमा चिन्तित भएका छन् ।
चिनियाँ सरकारले करिब दुई वर्षअघि १८ वर्ष मुनिका भिडियो गेम खेलाडीहरूलाई प्रतिबन्ध लगाएको थियो । यसले टेन्सेनट जस्ता ठूला गेमिङ कम्पनीहरूलाई ठूलो नोक्सान पुर्यायो ।
बिलीबिली, कुुआइसाउ र बाइटडान्स जस्ता भिडियो सेयरिङ प्लेटफर्महरूले वर्षौंदेखि बालबालिकाहरूका लागि सामग्री र प्रयोगको अवधिमा प्रयोगकर्ताहरूको पहुँचलाई प्रतिबन्धित गर्ने छुट्टै मोडहरू प्रस्ताव गरेका छन् ।