अमेरिकामा समुद्री आँधी, तीन को मृत्यु

अमेरिकामा समुद्री आँधी ‘इडालिया’ का कारण तीन जनाको मृत्यु भएको छ ।

अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधीबाट तीन जनाको ज्यान गएको हो ।

उक्त घटनामा ज्यान गुमाउनेहरुमा दुई जना मोटरसाइकल चालक र एक जना जर्जियाका नागरिक रहेका छन् ।

समुद्री आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा समेत तुफानसहित ठूलो पानी परेको छ ।

तीव्र गतिको तुफानका कारण अमेरिकामा एक हजारभन्दा धेरै हवाई उडान रद्द भएका छन् ।

आँधीका कारण राष्ट्रपति जो बाइडेनका पूर्वनिर्धारित कार्यक्रमहरु पनि प्रभावित भएका ह्वाइटहाउसलाई उद्धृत गरी अलजजिराले जनाएको छ ।

आजदेखि इडालिया आँधीको गति केही कम हुँदै जाने मौसमविद्को अनुमान छ ।