‘येशुलाई भेट्ने’ भन्दै भोकभोकै बसेका ४ जनाको मृत्यू, दर्जन बढीको उद्दार

केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको ज्यान जानुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रवार पुष्टि गरेको छ । मालिन्दी शहरको एक निजी फार्ममा दर्जनौँ मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ ।

रिपोर्टअनुसार यो ‘येशुलाई प्रत्यक्ष भेट्ने’ तरिकाको एक भाग हो भनेर बताइएपछि पीडितहरू भोक सहेरै त्यहाँ बसिरहेका थिए । उनीहरूलाई यस किसिमको प्रचार गरी येशुलाई भेट्न विश्वास दिलाउने व्यक्ति गुड न्यूज इन्टरनेशनल चर्चका पास्टर थिए । उनलाई यसअघि पनि यस्तै अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीवार घटनास्थलको निरीक्षण गरेका सुरक्षा अधिकारीहरू केही घरधुरीमा पुग्न सफल भएका थिए र १५ जनालाई उद्धार गर्न सफल भएका थिए, जसमध्ये छ जनाको अवस्था गम्भीर थियो । उद्धारपछि उनीहरूको उपचार सहयोग गर्न चिकित्सकलाई बोलाइएको थियो तर यस क्रममा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

चर्चको भित्री सदस्य रहेका ती सूचनादाताले जङ्गलमा अज्ञात ठाउँमा ३१ जनाको शव भेटिएको सामूहिक चिहानबारे प्रहरीलाई जानकारी गराएका थिए । अधिकारीहरूले तटीय क्षेत्रमा बढ्दो धार्मिक बेथितिको निन्दा गर्दै यस मुद्दालाई सम्बोधन गर्न गम्भीर ध्यान र प्रयासका लागि आह्वान गरेका छन् । उज्यालाे बाट