३४ ओटा मुद्दा परेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकाे अदालतमा आत्मसमर्पण

३४ ओटा मुद्दा परेपछी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालत समक्ष आत्मसमर्पण गरेका छन् । न्यूयोर्क टाइम्समा लेखिएको समाचार अनुसार ट्रम्पले मंगलबार म्यानहटन फौजदारी अदालतमा आत्मसर्मण गरेका हुन् । आत्मसर्पण गरेका उनलाई हत्कडी भने नलगाइएको जनाइएको छ । आत्मसमर्पण गरे लगत्तै उनलाई केहीबेर हिरासतमा राखिएको थियो । त्यसपछि उनीविरूद्ध लगाइएका मुद्दाहरूको सुनुवाइ सुरू भएको थियो ।

अमेरिकामा पूर्वराष्ट्रपतिविरूद्ध यति धेरै मुद्दा लागेको पहिलो घटना हो । उनि बिरुद्द ३४ ओटा मुद्दा दर्ता भएका छन् । अदालत आत्मसमर्पण गरेका ट्रम्पले भने आफूविरूद्ध लगाइएका सबै मुद्दाहरु अस्वीकार गरेका छन् । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा पोर्न स्टार स्ट्रोमी ड्यानियल्ससँग ट्रम्पको गोप्य सम्बन्ध रहेको विषय बाहिरिएको थियो । उक्त विषयमा चुप रहन १ लाख ३० हजार अमेरिकी डलर दिएको विषयमा ट्रम्पविरूद्ध अनुसन्धान भएको थियो ।

उक्त घटनाको अनुसन्धानपछि म्यानहटन ग्रान्ड ज्यूरीले ट्रम्पविरूद्ध अन्य ३४ मुद्दा लगाएको हो । ७६ वर्षीय ट्रम्पविरूद्ध ह्वाइटहाउसबाट महत्वपूणर् कागजपत्र गायब गरेको, अवैध रूपमा सम्पत्ति जोडेको, चुनावी परिणाम अस्वीकार गर्दै ह्वाइट हाउसमा आक्रमण गराएकोलगायत विभिन्न मुद्दा लगाइएको छ । ट्रम्पले भने यी सबै मुद्दाहरू नियोजित रहेको भन्दै अस्वीकार गरेका छन् ।