भाजपा नेता राजु झाको गोली हानी हत्या

एजेन्सी । भारतीय जनता पार्टीका नेता तथा कोइला व्यवसायी राजु झाको हत्या गरिएको छ । पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लामा गोलि हानि राजुको हत्या गरिएको हो । हत्यामा प्रयोग भएको निलो रंगको कार आइतबार बिहान प्रहरीले बरामद गरेको छ । यद्यपि, गाडीको नम्बर प्लेट नक्कली छ । राजु झामाथि गोली प्रहार गर्नेहरू यही गाडीमा रहेको दाबी गरिएको छ । एक प्रहरी अधिकारीले यो जानकारी दिएका हुन् ।

राजु झामाथि शनिवार राति करिब आठ बजे राजमार्ग छेउमा रहेको शक्तिगढमा निलो रंगको कारमा सवार अज्ञात आक्रमणकारीले गोली प्रहार गरेका थिए । गोली प्रहारका कारण ड्राइभिङ सिटमा बस्नुभएका राजु र उहाँका एक सहकर्मी गम्भीर रूपमा घाइते हुनुभएको थियो । राजु झालाई अस्पताल लैजाने क्रममा मृत घोषणा गरिएको थियो । त्यसपछि आक्रमणकारी कार त्यहीँ छोडेर भागेको प्रहरीको अनुमान छ ।