फिफा २०२६ मा कुल खेल १०४ हुने फिफाको निणर्य

चैत १, काठमाडौं । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबल फिफामा कुल खेल १०४ हुने भएको छ ।

फिफाले पुरानै फर्म्याटलाई निरन्तरता दिदैँ सन् २०२६ मा विश्वकप फुटबल (फिफा) आयोजना गर्ने भएको छ ।

अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा ४८ राष्ट्रको सहभागिता हुनेछ, भने अब हुने विश्वकपमा पनि ४ टिमकै १२ समूह बनाउने अफ्रिकी राष्ट्र रुवान्डामा भएको फिफा काउन्सिलले यो निणर्य गरेको हो ।

यसअघि फाइनल पुग्ने टिमले ७ खेल खेल्ने गरेकोमा अब फाइनल पुग्ने टिमले ८ खेल खेल्ने भएको छ ।