म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबल खेलमा सिटी शीर्ष स्थानमा उक्लियो

बुधबार राति भएको म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबल खेलमा सिटीले ब्राइटनलाई हराउँदै आफु शीर्ष स्थानमा उक्लिएको छ ।
सिटीले ब्राइटनलाई ३-० ले हराएको छ । सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक-एक गोल गरका थिए । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियोे । खेलको ५३ औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
फोडेनले सिटीका लागि ६५ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बरमा रहेका थिए । ८२ औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को जित भएको थियो । जितसँगै सिटीले ३२ खेलमा ७७ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएकोे छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले मात्र अघि रहेको छ । पराजित ब्राइटन ४० अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

सम्बंधित खबर

Related Posts

ताजा खबर
साताको चर्चित