मोरङमा आगो लगाएर हत्या श्रीमतिको हत्या

आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएकाछ्न् ।

उनीमाथि ३१ वर्षीय श्रीमती बबिता मल्लिकको हत्या गरेको आरोप छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार शुक्रबार राति १० बजे तिलका र बबिताबीच घरायसी विवाद भएको थियो । त्यसक्रममा तिलकाले बबितामाथि मट्टीतेल छर्केर आगो लगाएर भागेका थिए ।

खोजी गर्नेक्रममा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

आगो लागेर घाइते भएकी बबिताको उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। उनको शनिबार बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामाथि थप अनुसन्धान अघि बढाएको छ।

श्रीमतीमाथि आगो लगाउँदा घर भित्रका लत्ता कपडा, भाडावर्तन अन्नपात गरी जम्मा दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।