Search
Generic filters

अछामको पञ्चदेवल विनायकमा १७ वर्षीय एक किशोरकाे मृत्यु

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कालिका स्थानमा १७ वर्षीय किशोर मृत अवस्थामा शव फेला परेको छ । घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । शनिवार कक्षा १० मा अध्ययनरत विनोद शाही जंगलमा मृत अवस्थमा शव भेटिएको थियो ।

घटना अनुसन्धानमा सुदूरपश्चिम प्रदेशमा रहेको ब्यूरोको टोलीलाई पठाइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले बताएका छन् । कञ्चनपुरमा निर्मला पन्त हत्या अनुसन्धानमा खटिएका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

विनोद पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कालिका स्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत अवस्थामा फेला परेका थिए । आक्रोशित स्थानीयले प्रहरीलाई घटनास्थलमा जान समेत रोकेका थिए । तर, अहिले शव घटनास्थलबाट निकालेर पोष्टमार्टम गर्नको लागि स्थानीहरु सहमतमा आएका छन् ।

अनुसन्धानको प्रक्रिया शुरु गरिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले बताएका छन् । प्रजिअ मरासैनीले भने-‘चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरी टोली घटनास्थलमा छन् ।’ नेपाली सेनाको सहयोग लिएर शवलाई डोरीले तानेर मध्यपहाडी लोकमार्गमा ल्याउने प्रयास भएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी मोहनकुमार आचार्यले बताएका छन् ।

शनिवार आक्रोशित समूहले इलाका प्रहरी कार्यालय विनायकमा तोडफोड समेत गरेका थिए । स्थानीयले प्रहरीको ना.१ झ १२८६ नम्बरको गाडी तोडफोड गरेर पञ्चदेवल विनायक नगरपालिकामा तालाबन्दी समेत गरेका थिए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्याँस पनि प्रहार गरेको थियो ।

बलबहादुर शाहीको छोरा १७ वर्षीय मृतक विनोद बहादुर शाहीको मोबाइल शवभन्दा माथि मध्यपहाडी लोकमार्गमा फेला परेको छ । उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा फेला परेको छ । उनी जेठ १७ मा राति रिठा टोलबाट हराएका उनको परिवारले प्रहरीलाई जानकारी गराएका छन् ।

स्थिति तनावपूणर् भएपछि शनिवार बाजुरा र डोटीबाट थप प्रहरी घटनास्थलमा परिचालन गरिएको थियो ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters