मकवानपुरको हेटौंडामा ५० केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० राप्ती रोडमा करिब ५० केजी ४ सय ग्राम गाँजा सहित एकजना भारतिय नागरिकलाई प्रहरीले पक्राउ भएको छ । पक्राउ पर्नेमा भारत सितामणि थानाबेला-१० नोचा घर भएका ३७ वर्षीय राजेश चौधरी रहेका छन् ।

बिहीबार साँझ बस्तीपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.२ ह १५०८ नम्बरको अटोलाई चेकजाँच गर्दा सो गाँजा फेला परेको प्रहरीले जनाएको छ । आरोपीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बताएको छ ।