तारा एयरको दुर्घटनाग्रस्त जहाज भेटियो जलिरहेको अवस्थामा

पोखरा | आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको ट्वीनटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएको छ ।

सेनाका मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ- २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएका छ्न् । विमानमा अहिले पनि आगो लागिरहेको अवस्थामा छ ।

बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।