Search
Generic filters

कुकुर मारेको आरोपमा पोखराका एक युवक पक्राउ

तस्बिर: जिल्ला प्रहरी कार्यालय कास्की

कुकुर मारेको आरोपमा प्रहरीले पोखरा महानगरपालिकाले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।

चैत १८ गते पोखरा-१६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा परियारले कुकुरको घाँटीमा प्लास्टिकको डोरी पासो बाँधेर रूखमा झुण्ड्याएर मारेको आरोपमा परियारलाई पक्राउ गरेको हो ।

झुण्ड्याएर मारेपछि सेती नदीको खोंचमा फालेको र त्यसको भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्दा उनको मोबाइल तथा उनको फेसबुकमा समेत उक्त भिडिओ पाएको प्रहरीले जनाएको छ ।

‘अहिले किन मारेको हो भन्ने खुलेको छैन । हामीले बयान लिन पाएका छैनौं,’ कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले भने, ‘सामाजिक सञ्जालमा उनले आफैंले भिडिओ हालेका थिए । हामीले देखेपछि अनुसन्धान गरेर पक्राउ गरेका हौं ।’

उनीमाथि पशुपंक्षीसम्बन्धी कसूरमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत कास्कीबाट नौ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters