Search
Generic filters

जुम्लामा आगलागीबाट एकै घरका चार बालबालिकाको मृत्यु

जुम्ला | जुम्लाको तिला गाउँपालिका ३ सार्कीबाडामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । स्थानीय मानसिंह सार्कीको घरमा शुक्रबार राति ११ बजेर २० मिनेटमा आलगागी भएको हो । मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, ३ वर्षीया दर्शना सार्की र ‍१ वर्षीय दिपेश सार्की रहेका छन् ।

मृत्यु हुनेहरुमा तीन जना मानसिंहका छोराछोरी हुन् । १४ वर्षीया तिर्सना भने मानसिंह सार्कीकी भान्जी हुन् ।

चार दिनअघि उनी मामाको घरमा आएकी थिइन् । मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुर्याइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार आगलागीले तीनतले घरको दुई तला पूर्ण रुपमा नष्ट भएको छ । सदरमुकाम खलंगादेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । मानसिंहको परिवार राति कामको लागि घर बाहिर निस्केको र घरमा फर्कँदा आगो लागेर घर जलिरहेको देखेको प्रहरीले जनाएको छ ।

घटनापछि मानसिंह सार्की, फागुनी सार्की र मानसिंहकी बहिनी रुन्चकली सार्की बेहोस अवस्थामा छन् । उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई सहितको टोली पुगेको छ ।

फ्लोरक्रसको ईतिहास बोकेर सकिदै कर्णालीको संसद
भदौ ३१, सुर्खेत । असोज १ गते रातिदेखि प्रतिनिधि सभा र प्रदेश सभाको अवधि समाप्त हुनेछ । कर्णााली प्रदेश सभाको पाँच बर्षे आयु सकिने चरणमा आईपुगेको छ । नेकपा एमाले र माओवादी बीच एकीकरण गर्ने सहमती भएपछि एमालेलाई...
पुरा पढ्नुहोस् ..
कहाँ गए सन्दीप लामिछाने?
प्रहरी र क्यानको सम्पर्कमा छैनन्, दुबईमा भएको अनुमान सन्दीप लामिछाने १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters