झापामा भ्यानको ठक्करबाट एक महिलाको मृत्यु

संकेत तस्वीर

चैत २३, झापा । झापामा भ्यानको ठक्बरबाट एक स्थानीए महिलाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुद्ध चोकमा मंगलबार साझँ प्रदेश १-०१-००१ च ७८३८ नम्बरको भ्यानले प्रदेश १-०१-०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई बेलुका करिब ७ बजे ठक्कर दिदा एक महिलाको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट मोटरसाईकलको पछाडी सवार ३८ वर्षीया शान्ता सुब्बा गम्भीर घाईते भएकी थिइन र उनको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा मृत्यु भएको हो । मोटरसाईकल चालक ४२ वर्षीया कविता लिम्बुको अबस्था पनि गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी नियन्त्रनमा छन् । ठक्कर दिने भ्यानका चालकलाई प्रहरले पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय धुलाबारी झापाले जनाएको छ ।