अनुसन्धानका लागि राखिएका अभियुक्त प्रहरी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला

संकेत तस्वीर

चैत्र २२, सुर्खेत | चोरीको अभियोगमा बुटवल स्थित प्रहरी हिरासतमा रहेका एक व्यक्ति घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका छन् । बुटवल-११ का ४० वर्षीय रुद्रबहादुर नेपाली तामाको तार चोरीको आरोपमा बुटवल स्थित वडा कार्यालय हिरासतमा थिए । नेपालीलाई २० गते तामाको तारहरु कवाड पसलमा बेच्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सोधपुछका लागी हिरासतमा रहेका नेपाली सोमवार करिब १२ बजे हिरासत भित्रै घाटीँ रेटीएको अवस्थमा फेला परेका हुन् । उनको अवस्था गम्भीर रहेको र उनको शल्यक्रीया गर्नुपर्ने लुम्बिनी प्रादेशिक अस्पताले बताएको छ ।

अनुसन्धानका लागी हिरासतमा बस्नु पर्ने भएपछी आफैले धारीलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको हुन सक्ने प्रहरी कार्यलय बुटवलका प्रमुख नायब उपरीक्षक ठग बहादुर केसीेले जानकारी दिए । उत्तः घटना बारे थप अनुसन्धान भईरहेको उनले बताए ।

नेपालीका आफन्तले भने हिरासतभित्रै घाँटी रेटिनु शंकाश्पद भएको भन्दै घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।