माेटरसाईकल दुर्घटना हुदाँ एक युवतीको मृत्यु

संकेत तस्वीर


चैत २१ काठमाडौं । काठमाडौंको स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुववकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको हो ।

आईतबार साझँ पौने ६ बजे लक्ष्मी दर्नालले चलाएको बागमति प्रदेश श ०२-०२१ प ६३३१नम्बरको मोटरसाइल डिभाइनरमा ठोक्किीदा उक्त दुर्घटना भएको प्रहरी कार्यलय काठमाडौ ले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा गएराति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।