धनुषामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

file photo

धनुषा
विदेह नगरपालिका-६ एकराहीमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । सोही घटनामा दुई जना साइकलयात्री घाइते अवस्थामा रहेका छन् ।
मृत्यु हुनेमा पैदलयात्री स्थानिय अन्दाजी ४० वर्षीय हरिचन्द्र खत्वे मण्डल हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताउको छ ।
घाइते भएका साइकलयात्रीद्धय सोही ठाउँका ४२ वर्षीय कुल्दिप महरा र ४० वर्षीय दीपु महराको जनकपुर स्थित रामजानकी अस्पतालमा उपचार भईरहेको छ ।
शनिबार बेलुकी पौने ९ बजे जनकपुरबाट एकराहीतर्फ आउँदै गरेको भारतीय नम्बरको जिपले पैदलयात्री सहित साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्कर दिने जिप सहित चालक प्रहरी चौकी गिद्धा धनुषाको नियन्त्रणमा राखीएको छ ।