Search
Generic filters

झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडाध्यक्ष पक्राउ

कास्की । झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट नागरिकता बनाएको आरोपमा प्रहरीले वडाध्यक्ष प्रकाउ परेका छन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिका ३ का वडाध्यक्ष ४८ वर्षीय विष्णुबहादुर खत्रीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही वडाका वडासचिव ५२ वर्षीय बालकृष्ण शर्मा, सोही वडाकी ४० वर्षीया सीता पौडेल, आँधीखोला-३ घर भई हाल पर्वतको कुश्मा नगरपालिका ५ बस्दै आएका २५ वर्षीय नवराज पौडेल र कुश्मा नगरपालिका १ घर भई वडा नं. ५ मा बस्ने २० वर्षीया सोनु पौडेल भन्ने सोनु अधिकारी रहेका छन् ।
पर्वतको कुश्मा नगरपालिका २ बस्ने कृष्ण अधिकारी र डोमकुमारी अधिकारीको २० वर्षिया छोरी सोनु अधिकारीले स्याङ्जाको आँधीखोला गाउँपालिका ३ बस्ने कृष्णप्रसाद पौडेल र सीता पौडेलको छोरी हुँ भनी वंशजको आधारमा नागरिकता निकालेकी थिइन् । यही चैत १ मा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रहरीले जानकारी दिएको छ ।
नागरिकता बनाउन सहयोग गर्ने वडाध्यक्ष खत्री, सचिव शर्मालागयत ५ जनालाई नै नागरिकतासम्बन्धी कसूर (झुट्टा विवरण पेश गरी नागरिकता बनाएको) शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट बिहीबार म्याद थप गरिएको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters