म्यादी प्रहरी बनाइदीने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ

file photo

सप्तरी । सप्तरीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डल रहेका छन् ।
मण्डलले विभिन्न व्यक्तिहरुलाई म्यादीमा लगाइदिने आश्वासन दिएर ठगी गरेको प्रहरीको आरोपको सुचनाका आधारमा सप्तरी प्रहरीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भैरहेको काफ्लेले बताए ।