Search
Generic filters

इटहरीमा बम बिष्फोट हुँदा २ युवा घाइते

file photo

इटहरी । इटहरीमा बिष्फोटक पदार्थ पड्किँदा दुई जना युवा घाइते भएका छन् ।
इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलको एक घरमा सोमबार बेलुकी पौने ११ बजेतिर सुतली बम पड्किदा घाइते भएका हुन् ।
रविन थापा बस्ने घरमा वम बिष्फोट हुँदा २२ वर्षका थापा र लम्जुङ घर भएका २३ वर्षीय शेरजङ गुरूङ घाइते भएकाे प्रहरीले बताएको छ । गुरूङ दुई सातादेखि थापाको कोठामा बस्दै आएका थिए ।
कोठाभित्र झोलामा रहेको सुतली बम बिष्फोट भएको प्रहरीको अनुमान छ । घाइते थापाको आँखामा चोट लागेको छ ।
थापाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी गराएका छन् ।
बम बिष्फोट भएको थापाको डेराबाट प्रहरीले हिमाल सुरक्षा परिषदको पर्चा बरामद गरेको छ ।
गत फागुनदेखि यो परिषदले सशस्त्र संघर्ष थालेको बताएको थियो ।
संघीयता खारेजीलगायत माग राखेर यो परिषदले सशस्त्र संघर्ष सुरू गरेको बताएको थियो ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters