श्रीमतीको हत्या गरेको अभियोगमा २१ वर्षीय एक युवक पक्राउ

file : photo

बिहिबार राती काठमाडाैंकाे बुढानिलकण्ठमा २४ वर्षीया श्रीमती लक्ष्मी तामाङ (थापा) को हत्या गरेको अभियोगमा २१ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका छन् । गम्भीर घाइते भएकी लक्ष्मीलाइ चुनिखेलस्थित करुणा अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको प्रहरीले बताउएकाे छ ।

घरायसी विवादका कारण भक्तले धारीलाे हतियार प्रहार गरी श्रीमतीकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ । हतियार प्रहार गरी फरार भएका थापालाइ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीको संयुक्त टोलीले हतियारसहित पक्राउ गरेको हाे । घटनाबारे अनुसन्धान भइरहेकाे छ ।