सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालकाको मृत्यु

file photo

सर्लाही । सर्लाहीको पर्सामा ट्याक्टरको ठक्करबाट एक बालकाको मृत्यु भएको छ । पर्सा गाउँपालिका-३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका जिल्ला प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।
प्रहरी चौकी नारायणपुर सर्लाहीलका अनुुसार घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको प्रहरीले बताएको छ । प्रदेश २- ०३ ००१ त २४३९ नम्बरको ट्रयाक्टरले हिजो साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ठक्कर पश्चात चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।