शववाहनले मोटरसाइकलाइ ठक्कर दिदा एक जना घाइते

तस्बिर : अंगद ढकाल

काठमाडौँ — भक्तपुरको लोकन्थलीमा सिन्धुपाल्चोकबाट काठमाडौं शव लिएर आउँदै गरेको प्रदेश–३–०१ ०२३ च २३५६ नम्बरको शववाहनले विपरीत दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकल चालक घाइते भएका छन । मोटरसाइकल नम्बर र चालकको परिचय भने खुलेको छैन ।

शववाहनसँग ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको हाे । आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।