नवलपरासीमा बस र ट्रक ठोक्किँदा १ जना मृत्यु १ जना घाइते

file : photo

नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किदा बसमा सवार रुपन्देही खैरेनी सूर्यपुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे मृत्यु भएकी छिन भने उनका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डे घाइते भएका छन् ।

काठमाण्डाैंबाट बुटवलतर्फ जाँदै गरेकाे लु २ ख ४३१९ नम्बरकाे बस र बिपरित दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरकाे ट्रकसँग ठाेक्किएकाे थियाे । मायादेवीकाे उपचारकाे क्रममा भरतपुर मेडीकल साइन्स हस्पतालमा मृत्यु भएकाे हाे र उनका श्रीमानकाे साेही अस्पतालमा उपचार भइरहेकाे छ ।

दुबै सवारीसाधन सहित चालकहरू जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको नियन्त्रणमा रहेका छन् ।